थानाभर्याङ्गमा लैंगिक हिंसा न्युनिकरण कार्यक्रम सम्पन्न 

हेटौडा न्युज
२२ मंसिर २०७६, आईतवार २२:०६
;

लैङगिक हिंशा विरुद्दको १६ दिने अभियान अन्तर्गत लैङगिक हिंशा न्युनिकरण सम्बन्धि कार्यक्रम हेटौंडा–११ थानाभर्याङ्गमा सम्पन्न भएको छ । ३ नं प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।

""
सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङका उपाध्यक्ष देव कुमार श्रेष्ठ को अध्यक्षतामा भएको कार्यक्रममा ११ नं वडाका टोल विकास संस्थाका प्रतिनिधिहरु तथा स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले लंैगिक हिंसा न्युनिकरणका बारेमा विषयबस्तु प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*