चित्लाङ–थानकोट सडकः निर्माण ढिलासुस्ती, ठेकेदारलाई मस्ति, जनतालाई सास्ति
ठेकेदार कम्पनीले लापरबाही कारण सडक निर्माणकार्य ढिलो गरेको भन्दै स्थानीय चित्लाङबासीले बिरोध गरेका छन् । चित्लाङ–थानकोट सडक (गणेश मान सिंह मार्ग) निर्माण कार्यको ढिलासुस्तीको कारण सार्वजनिक गरियोस् भन्दैे आइतबार चित्लाङबासीले सडकमै पुगेर विरोध प्रर्दशन गरेका छन् ।
स्थानीयहरुले थाहानगरबासीले भोगिरहेको दुःखलाई सामान्य रुपमा नलिइयोस् सडक निर्माण नगर्ने हो भने बाटोको ट्र्याक खोलेर बाटो सुचारु गरियोस्, हाम्रा मागलाई बेवास्ता गरेमा पछि उग्र रुपमा जनताहरु उत्रिने छन् जस्ता माग लेखिएको प्लेकार्ड जेसीबीमा टाँसेर प्रर्दशन गरेका हुन् ।
मकवानपुरको पर्यटनको केन्द्र समेत रहेको थाहानगरपालिका–९ चित्लाङलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने सडक निर्माण पिएस र किराँतेश्वर जेभी कम्पनीले लिएको थियो । कम्पनीको लगातारको लापरबाही कारण आफुहरुले दुःख भोग्नु परेको स्थानीयको आरोप छ ।
यस अघि पनि स्थानीयले विरोध जनाएपछि १५ दिन काम गरेको र पछि फेरि मेशिन थन्क्याएर राखेका कारण चित्लाङ र आसपासका गाउँमा उत्पादित तरकारी निर्यात गर्न, सर्वसाधरणलाई राजधानी आउन जान र चित्लाङ घुम्न जानेलाई समेत समस्या परिरहेको छ ।