हेटौंडा–४ को प्लास्टिक गोदाममा आगलागी

२२ मंसिर २०७६, आईतवार २३:२१
हेटौंडाको वन क्याम्पस अगाडी एक घरमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका–४ को राजु श्रेष्ठको घरमा आगलागी भएको हो ।
हेटौंडा उपमहानगरपालिकाको दमकल र प्रहरी स्थानियको सहयोगमा आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । प्लास्टिकको सामान गोदाम गरेर राखिएको घरमा आगलागी भएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन् ।
आगलागीको कारण खुल्न सकेको छैन ।