भोली काठमाडौंमा जोर नम्बरका सवारी मात्र चल्ने

१३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापनका समारोहलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि मंगलबार ट्राफिक व्यवस्थापनमा सहयोगका लागि अनुरोध गरेको छ ।
समापन समारोहमा हुने भिड कारण ट्राफिक सुरक्षामा समस्या आउने भएकाले ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित बनाउन महाशाखाले जोर नम्बरका सवारी साधन मात्र चलाउन र सवारीको चाप कम गराउन दशरथ रंगशाला वरिपरिको रूट प्रयोग नगरी वैकल्पिक रुटको प्रयोग गर्न सम्पुर्ण सर्वसाधारणमा अनुरोध गरेको छ ।
साथै ठुला मालबाहक सवारी साधनहरूलाइ रिङरोडभित्र प्रवेश नगर्न अनुरोध गरिएको छ ।