नारायणगढ–मुग्लिन सडक दैनिक चार घन्टा बन्द हुने

हेटौडा न्युज
२५ मंसिर २०७६, बुधबार १९:११
;

मंसिर २७ गतेदेखि नारायणगढ–मुग्लिन सडक मर्मतका लागि दैनिक चार घन्टा बन्द गरिने भएको छ । दुई हप्ता लागि पहिरो रोकथामको काम गर्न सडक दिउँसो बन्द गर्न लागिएको हो जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुरक्षा समितिको आजको बैठकले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म २७ गतेदेखि लागु हुने गरी दुई हप्ताका लागि सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको हो ।

नारायणगढबाट मुग्लिङतर्फ जाने यात्रुबाहक सवारीलाई १५ किलोमा र मालबाहक सवारीलाई दासढुङ्गामा, काठमाडौंबाट नारायणगढ जाने यात्रुबाहक सवारीलाई मुग्लिङ्मा र मालबाहक सवारीलाई लेवाटारमा र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीलाई बेनिटार र मालबाहक सवारीलाई आबुखैरेनीमा रोक्ने जनाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*