सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ दिने
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ दिने भएको छ ।
बालुवाटारमा आयोजित कार्यक्रममा सागमा पदक विजेता खेलाडीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष प्याकेजको घोषणा गर्नु भएको हो ।
विशेष प्याकेजमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ, रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख पाउने भएका छन् भने एकभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख, फुटबल लगायत विभिन्न टिम इभेन्टमा स्वर्ण जित्ने प्रति खेलाडीलाई ५–५ लाख प्रत्साहन स्वरुप पाउने छन् ।
१३औँ सागमा नेपालल इतिहासकै धेरै स्वर्ण पदक जित्दै नेपाल दोस्रो हुन सफल भएको छ । नेपालले १३औँ सागमा ५१ स्वण पदक जितेको छ ।