राज्यसभाबाट पनि नागरिकता विधेयक पारित, विधेयकको विरोधमा प्रदर्शन 

हेटौडा न्युज
२६ मंसिर २०७६, बिहीबार १९:००
;

भारतीय संसदको राज्यसभाबाट बुधवार नागरिकता संशोधन विधेयक २०१९ पारित भएको छ । भारतीय संसदको दुबै सदनले नागरिकता संशोधन विधेयक पारित भएको विधेयकको पक्षमा १२५ मत र १०५ मत विपक्षमा परेको थिए । 

""
विधेयक सोमवार लोकसभाबाट बहुमतले पारित भए पछि बुधबार राज्यसभामाबाट पनि पारित भएको हो । अब भारतीय राष्ट्रपतिले हस्ताक्षर गरेपछि विधेयक कानुन बन्नेछ ।

गृहमन्त्री अमित शाहले विधेयक राज्यसभामा पेश गर्नासाथ विपक्षी सांसदले विरोध गरेका थिए । उता प्रधानमन्त्री नरेन्द्र मोदील भने कानुनले वर्षौंदेखि उत्पीडनमा परेकाहरुको पीडा अन्त्य हुने दाबी गरे पनि प्रतिपक्षी कांग्रेसले भारतीय संविधानको मूल मर्ममै प्रहार गरेको आरोप लगाएको छ । कांग्रेस संगै ६ सयभन्दा बढी भारतीय लेखक, कलाकारलगायतले विधेयकले भारतीय लोकतन्त्र माथि प्रहार भएको टिप्पणी गरेका छन् ।  हिन्दुवादी सरकारले मुस्लिममाथि भेदभाव र अत्याचार गरेको भुटान, श्रीलंका र म्यान्माका हिन्दु, बौद्ध, शिख धर्मावलम्बीलाई नसमेटेको भन्दै विरोध गरेका हुन् ।

प्रतिपक्षी कांग्रेस अध्यक्ष सोनिया गान्धीले भने विधेयक पारित हुनु भारतका लागि कालो दिन भएको दाबी गरेकी छन् । उनिहरुले नागरिकता विधेयक विनाशर्त फिर्ता गर्नु पर्ने माग सहित टायर बालेर सडक यातायात अवरुद्ध पारेका छन् । प्रहरीले भने स्थिति नियन्त्रणमा लिन प्रदर्शनकारी माथि रबरका गोली र अश्रुग्यास प्रहार गरेको छ ।

 
उता असममा बुधवार बिहानैदेखि विरोध शुरु भएको थियो । प्रदर्शनकारीले राजधानी दिसपुरमा बसमा आगजनी गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको छ ।

असममा बुधवार रातिसम्म ५ हजार अर्धसैनिक पठाइएको छ । आन्दोलनका कारण त्यस इलाकमा शैक्षिक संस्था ठप्प भएका छन् । प्रदर्शन हिंस्रक बन्दै गएपछि असमका १० जिल्लामा बुधवार साँझदेखि २४ घण्टाका लागि इन्टरनेट सेवा बन्द गरिएको छ । डिब्रुगढमा रेलसेवा समेत बन्द भएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*