सिमा क्षेत्रमा ११४ वटा चेकपोष्ट थप गर्ने सरकारको निर्णय
सरकारले चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा ११४ वटा चेकपोष्ट थप गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट बढाएर २२१ पुर्याइने निर्णय भएको बताएका हुन् ।
यसअघि यस्ता चेकपोष्ट १०७ वटा मात्रै थिए। भारतले नेपालको भूमि समेटेर भारतले आफ्नो नक्सामा नेपालको भूमि समेटेपछि विवाद बढेको अवस्थामा सरकारले यस्तो निर्णय लिएको हो।
संचार मन्त्रीसमेत रहेका प्रवक्ता बाँस्कोटाले सुरक्षा व्यवस्था सुदृढ बनाउन र सीमा सुरक्षा गर्न सशस्त्रको चेकपोष्ट थपिएको बताए।उनले सीमाका विषयमा भारतसँग कूटनीतिक छलफल गर्ने बताए।