बहुराष्ट्रिय कम्पनी वरुण बेभरेजविरुद्ध राजस्व छलीको मुद्दा दायर

राजस्व अनुसन्धान विभागले पेप्सीलगायत पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी वरुण बेभरेजविरुद्ध मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा मुद्दा दायर भएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतमा एक अर्ब ९४ करोड ८८ लाख मागदाबी सहित झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड ९६ लाख रुपैयाँ बिगो तथा बिगोको दोब्बर जरिबाना माग गर्दै मुद्दा दायर भएको हो।
आव ०७०र७१ देखि ०७५र७६ सम्म भ्याट र भ्याट छली गरेर आम्दानी बढाई बढी लाभांश वितरण गरेको भन्दै आयकरतर्फ लाभांशसमेत गरी ६४ करोड ९६ लाख रुपैयाँ कर छली गरेको विभागको अनुसन्धानमा देखिएको छ।
राजस्व अनुसन्धान विगका महानिर्देशक दीर्घराज मैनालीका अनुसार राजस्व छलीमा वरुण बेभरेज प्रालि र यसका तत् समयदेखि सञ्चालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रबिनकुमार अग्रवाल, विनोदकुमार सिंह र अशोककुमारसहित सातलाई विपक्षी बनाई मुद्दा दायर गरिएको बताएका छन् ।
विभागले वरुण बेभरेज प्रालिबाट एक अर्ब ६० करोड रुपैयाँको बैंक जमानत लिई मुद्दा दायर गरेको हो। ‘वरुण बेभरेजले कारोबार देखाएका कम्पनीसँग वास्तविक रूपमा मालवस्तु खरिद नै नगरी झुटो र नक्कली भ्याट बिल बनाएर भ्याट छली गरेको विभागका एक अनुसन्धान अधिकृतले बताए ।
विभागले ११ अर्ब रूपैयाँ राजस्व छलीको अनुसन्धान टुंग्याइसकेको र केही मुद्दा दायर हुने क्रममा छन्। नक्कली भ्याट बिल कारोबारमा उच्चतम कारोबार गर्नेमा बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज एक रहेको महानिर्देशक मैनाली बताए ।