नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गतेबाट शुरू हुने

हेटौडा न्युज
४ पुष २०७६, शुक्रबार २०:४६
;

प्रतिनिधी सभाको रिक्त सभामुख पद पूर्ति प्रक्रिया पुस ११ गते मात्रै थालिने भएको छ । आज विहिबार संसद् भवन बानेश्वरमा शुक्रवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनको प्रक्रिया पुस ११ गते १ बजे बस्ने बैठकबाट शुरू गर्ने निर्णय गरेको हो ।

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट शुरू हुँदैछ । हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक आज अपराह्न ४ बजे बस्दैछ ।

आजको बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने र पूर्व सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

संसदको हिउँदे अधिवेशन सुरु गर्नुअघि शुक्रबार दिउसो १ बजे उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कार्यव्यवस्था बैठक बोलाएकी हुन्। सभामुखले बोलाउने गरेको उक्त बैठक उपसभामुख तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा बोलाएकी हुन्।

प्रतिनिधी सभा बैठकको अध्यक्षता गर्ने उनले नै गर्ने भएकी छिन्। सभामुख नभएका अवस्थामा बैठकको अध्यक्षता उपसभामुखले गर्ने संविधानमा व्यवस्था भएपनि प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले गर्ने प्रावधानले यसअघि अन्योल सिर्जना गरेको थियो। उपसभामुखले अध्यक्षता गर्ने विषयमा सवै पार्टीको सहमति जुटेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*