हेटौंडामा लाईसेन्सको प्रयोगात्मक परिक्षा हुदैँ

हेटौडा न्युज
५ पुष २०७६, शनिबार १९:५३
;

प्रदेश ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले सवारी चालक अनुमती पत्र ९लाइसेन्स० वितरणका लागि शनिबार प्रयोगात्मक लिईरहेको छ  ।

बिहिबार लाइसेन्सका लागि भएको लिखित परिक्षा पास गर्ने ४ सय ५६ जनाले आज बिहानैदेखि प्रयोगात्मक दिइरहेका छन् ।

आजको प्रयोगात्मक परिक्षाको क्रममा  हेटौडा ४ का श्रीयम मैनाली र प्रमिला सुवेदीले प्रयोगात्मक पास गरेका थिए ।

कार्यालयले सबै समुहका सवारी साधनका लागि अनलाइनमार्फत आवेदन दिने व्यवस्था मिलाएको हो ।

मकवानपुर ट्राफिक प्रहरी प्रमुख हरि विष्णु ढकाल सहितको ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालयका कर्मचारी सहितको टोलीले प्रयोगात्मक परिक्षा लिईरहेका छन् ।

प्रयोगात्मक परिक्षा आजै सकिने र उतिर्ण हुनेहरुले एक सातापछि लाईसेन्सका लागि दस्तुर बुझाउनु पर्ने यातायात व्यवस्था कार्यालय हेटौंडाका प्रमुख पोषण थापाले बताएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*