विप्लव समुहले गरे गाउँपालिका अध्यक्षलाई अपरहण, श्रीमतीलाई भाइको जिम्मा लगाए
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई विप्लव समुहका कार्यकर्ताले अपहरण गरेका छन् । शिरपाटा भन्ने ठाउँमा रहेको आफ्नै घरमा बसिरहेको अवस्थामा अध्यक्ष र उनको श्रीमती ईला शाहीलाई अपहरण गरेको स्थानियले जनाएको छ ।
अध्यक्ष शाहीका भाइ हस्तबहादुर शाहीले दाइ भाउजुलाई खोज्न बिहानै दैलेख र कालिकोट जिल्लाको सिमानातर्फ पुगेका भाइ हस्तलाई विप्लव समुहले राजनैतिक मुद्धा भएकाले अपहरण गरिएको र २–३ दिनभित्र छाड्ने आश्वासन दिदै भाउजुलाई जिम्मा लगाएपछि फर्किएको जानकारी दिए ।
सो समूहले विप्लव समुहको कार्यकर्ता रहेको भन्दै सोधपुछ गर्नु छ भनेर लिएर गएपछि आफन्त र गाउँलेहरुले रातीदेखि नै खोजी गर्दा सो स्थानमा भेटीएको उनले बताए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सुचना पाउनेवित्तिकै प्रहरी परिचालन गरिएको साथै प्रदेश र जिल्लावाट खोजीकार्यलाई तिव्र बनाउन आवश्यक तयारी भैसकेको जानकारी दिए ।