राष्ट्रियसभा निर्वाचनमा ११ दलले गराए दल दर्ता

हेटौडा न्युज
६ पुष २०७६, आईतवार २३:२६
;

राष्ट्रियसभा निर्वाचनका लागि ११ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । आगामी माघ ९ गते राष्ट्रियसभाकोे निर्वाचन हुदैछ ।

निर्वाचन आयोगले आज आइतबारसम्म दल दर्ताका लागि समयसीमा तोकिएको थियो । आयोगका अनुसार  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीसहित ११ दलले निर्वाचनका लागि दल दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, नेपाली जनता दल,  इतिहासिक प्रजातान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, समाजवादी पार्टी, राट्रिय जनता पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगले मंसिर २७ गते सूचना जारी गर्दै  आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रिय सभा निर्वाचनका लागि पुन दल दर्ता गर्न आग्रह गरेको थियो ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि हरेक दुई वर्षमा निर्वाचन हुने संवैधानिक व्यवस्था अनुसार १८ जना सदस्य चयन गर्न माघ ९ गते निर्वाचन हुँदैछ ।

राष्ट्रियसभा सदस्य चयन गर्न स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभा सांसदले मतदान गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*