पुस १० गते लाग्ने खण्डग्रास सुर्य ग्रहणको प्रभाव– ओली र प्रचण्डलाई हानि, देउवालाई लाभ

हेटौडा न्युज
७ पुष २०७६, सोमबार २०:१७
;

अनुसन्धान तथा खोजकर्ताका लागि प्रकृतिमा हुने हरेक प्रकारका घटना तथा परिवर्तन किन र कसरी भयो भन्ने जिज्ञासा हुनु स्वभाविक नै हो । धर्म भनेकै विज्ञान हो र विज्ञान भनेकै प्रकृति हो । खगोल विज्ञान एउटा यस्तो विज्ञान हो, जसले सौर्य परिवारमा भएका हरेक घटना तथा परिवर्तनहरुलाई शुष्म भन्दा भन्दा शुष्म ढङ्गबाट  वैदिक, धार्मिक, वैचारिक र वैज्ञानिक तरिकाले खोज तथा अनुसन्धान गरिरहेको हुन्छ ।

हामीले कुनै पनि बस्तुहरु सन्चालन गर्नका लागि बाहिरी फोर्षको प्रयोग गर्नु पर्दछ भने प्रकृतिले हामीलाई चलाउन ब्रह्माण्डिय शक्तिको प्रयोग गरिरहेको हुन्छ । ब्रह्माण्डीय शक्ति मानवको हातमा छैन, तर केही मिलाउन मात्रै सक्छौ । 

यही पुस १० गते सन् २०१९ डिसेम्बर २६ तारिख बिहीबार लाग्ने सूर्य ग्रहण बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने ग्रहणको बिहान १० बजेर १ मिनेटमा मध्य अबस्थामा रहनेछ पूर्ण रुपमा समाप्त हुनका लागि  ११ बजेर ३१ मिनेटमाहुनेछ । यसको अबधि करिब २घण्टा ४९ मिनेट रहने छ । यति समयमा हामीले केही सावधानी अपनाउन सकियो भने यसको परिणाम धेरै लामो समयसम्म शुभ तथा शक्तिशाली हुने र छिट्टै कार्य सिद्धि मिल्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

यो विशेषखाले दुर्लभ खगोलीय घटना हो । लामो समय पछि नौ ओटा ग्रह मध्ये छ ओटा ग्रहको धनु राशिमा भेट भएको छ । एउटै राशिमा छ ओटा ग्रह आउनु यो खगोल तथा ज्योतिषीय क्षेत्रमा अध्ययन गर्नेहरुका लागि विशेष पर्वकै रुपमा हेरिने गर्दछ। अब यस्तै खाले खगोलीय घटना हेर्न करिब पाँच दशक भन्दा वढि समय कुर्नु पर्नेछ । 

देशका प्रतिष्ठित तथा शक्तिशाली व्यक्तिको राशि अनुसार यस्तो अवस्थामा शुभ कर्म गरेबापत ग्रहणले कस्तो खाले प्रभाव पार्ने छ ? यसकोबारेमा यहाँ जानकारी दिने खोजिएको छ । यो ज्योतिषीय आधारमा ग्रहणले पार्ने अबस्थामा रहेर गणना गरिएको हो । यो ग्रहणले विशेष गरि  कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुलाई मात्रै शुभ फल प्राप्त हुने छ, बाँकी आठ ओटा राशिहरुलाई यसको नकारात्मक प्रभाव पर्ने छ । मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु  र  मकर राशि हुनेहरुले ग्रहण अबधि भर विशेष सावधानी अपनाउँदै ग्रहण नहेर्दा राम्रो हुन्छ । यसको प्रभाव ६ महिनापछिसम्म पनि पर्ने भएको स्वस्ति शान्ति भने गराउँदा विशेष फाईदा हुने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नाम खड्ग प्रसाद ओली हो । यस  अनुसार उनको नामले कन्या राशि हुन्छ । कन्या राशिका लागि यस ग्रहणले केही नकारात्मक असर पार्न सक्ने हुने हुँदा सावधानी अपनाउनु पर्ने देखिन्छ । कन्या राशिको मालिक बुध ग्रह हुने हुदा बुधग्रहलाई ज्योतिषीय हिसाबमा वाणीसँग सम्बन्धित हुने हुँदा अबको १५ दिन कुनै पनि सार्वजनिक स्थानमा नबोले नै हितकारी हुनेछ । बोलीको विपरीत अर्थ लाग्ने हँुदा सावधानी अपनाउनु उचित हुन्छ । स्वास्थमा पनि समस्या हुने हुँदा महामृत्युुञ्जयको जप गर्दा यसको प्रभाव केही कमहुने बताएका छन ।

 पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको न्वारनको नाम छविलाल दाहाल हो । यो अनुसार उनको राशि मिथुन हुन्छ, यो ग्रहणमा मिथुन राशिको लागि राशिअनुसार सातौँ भावमा पर्दछ । सातौ भाव भनेको स्त्रीको घर हो, यो अनुसार उनको श्रीमतीलाई केही स्वास्थ्यमा समस्या देखापर्न सक्ने भएकाले विशेष  गरि शिवको पूजा आरधना र सत् चन्डीको अनुष्ठान गराए यसको प्रभाब धेरै नै कम हुने छ । यस्तो समयमा दाहालले लामो यात्रा नगरेकै राम्रो हुन्छ । बोलीलाई नियन्त्रणमा राख्दै गोपनीय सुचना चोरी हुन सक्ने भएकाले विशेष सावधानी अपनाउनु पर्ने देखिएको छ ।

पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रचलित नाम अनुसार उनको राशि कुम्भ हुन्छ, यो ग्रहणले देउवालाई विशेष लाभ मिल्ने भन्दै यस्तो समयमा सावधानी अपनाउँदै पूरा गर्नु पर्ने सम्पूर्ण काम गर्दा राम्रो हुन्छ। रोकिएका कामहरु सिद्ध हुने छन् । व्यक्तिगत तरिकाले आफ्नो काम गर्दा सम्पूर्ण पाटिलाई नै यो ग्रहण पश्चात् नयाँ तरिकाले सन्चालन गर्न सजिलो हुने छ । आर्थिक गतिविधिमा विशेष सावधानी भने अपनाउनु पर्ने देखिएको छ । थप शक्ति प्राप्तिका लागि श्रीशुक्तको पाठ गरे लक्ष्मीको आशिर्वाद बर्षभरिनै रहने छ ।

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका डा. बाबुराम भट्टराईको  प्रचलित नामअनुसार वृष राशि हुन्छ । लामो समय पछि लाग्न लागेको सूर्य ग्रहणले भट्टराईलाई अशुभ प्रभाव उनको राशिअनुसार देखाएको छ । विशेषगरी स्वस्थ्यको समस्या देखा पर्न सक्ने भन्दै ग्रहण अवधिभर कुनै कार्यक्रममा नजानका लागि सुझाब दिएका छन् ।

कसैले आरोप लगाएर बद्नाम गर्न र आफूले विश्वास गरेकाहरुले धोका दिन सक्ने भन्दै सावधानी अपनाउनु उचित हुन्छ । चोट पटकको योग देखिएकाले शनि मृत्युुञ्जयको सवा लाख जप गराएर हवन गरेमा यसको प्रभाव कमपर्ने सुझाब दिएका छन ।

प्रचलित नामबाट यसको गणना गरिएको हो । यस्तो समयमा जुन नामबाट प्रसिद्ध गराएको छ, त्यस अनुसार नै यसको प्रभाव पर्ने भएकाले केही भए पनि प्रभाव कम गर्नका लागि उपाय बताइको हो । यदि सावधानी पूर्वक उपाय गरेमा यसको प्रभाव कम पर्न सक्ने शास्त्रमा उल्लेख गरिएको छ ।स्रोत : क्यानाडानेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*