के तपाईको औंला पड्काउने बानी छ ?

हेटौडा न्युज
७ पुष २०७६, सोमबार २१:२८
;

ला पड्काउँदा आवाज आउँछ नि ! कहिल्यै याद गर्नुभएको छ किन आवाज आउँछ भनेर ? अनि यसो गर्नु खतरनाक हो कि होइन ?

एउटा कुरा सुनिश्चित छ । औंला पड्काउँदा बाथरोग लाग्दैन । कसैले लाग्छ भन्यो भने त्यो झुटो हो ।

वैज्ञानिकहरूको एक समूहले औंला पड्किने आवाज जोर्नीहरूको बीचमा घर्षण घटाउनका लागि जिम्मेवार साइनोभियल पदार्थमा रहेको ग्यास भरिएको प्वालबाट आउने बताएको छ ।

एमाआरआई गरेर अनुसन्धानकर्ताहरूको टोलीले यो कुरा पत्ता लगाएको हो । एकजना मान्छेलाई औंला पड्काउन लगाएर वैज्ञानिकहरूको यो पत्ता लगाएका थिए ।

यसरी आवाजको स्रोत पत्ता लगाएपछि वैज्ञानिकहरूले यसो गर्नु हानिकारक हो कि सुरक्षित पनि पत्ता लगाउन सक्ने आशा गरेका छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*