काठमाडौं उपत्यकाबाट ८६ चिनियाँ नागरिक पक्राउ
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ८६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले के कस्तो गैरकानुनी गतिविधिमा संलग्न रहेको भन्नेबारे केही खुलाएको छैन । पक्राउ परेका चिनियाँहरुबाट ल्यापटप, मोबाइ,नगद बरामद गरेको प्रहरीले जनाएको छ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइहरेको बताए ।