निजी खर्चमा वडा अध्यक्षको एम्बुलेन्स खरिद सम्झौता (फोटोफिचर सहित)

हेटौडा न्युज
७ पुष २०७६, सोमबार २२:४९
;

सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई एम्बुलेन्स खरिद गर्न हेटौंडा उपमहानगरपालिका वडा ५ का वडा अध्यक्ष राजेश वाँनियाले खरिद सम्झौता पत्रमा हस्ताक्षर गरि सम्झौता गरेका छन् । 

""

हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा खरिद सम्झौता भएको हो । सम्झौतापत्रमा दाता राजेश बाँनिया, मेयर महत, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रदेश ३ प्रहरी प्रमुख शेरबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकेश कुमार सिंह र सेवा केन्द्रका अध्यक्ष राम विष्टले संयुक्त हस्ताक्षर गरेका छन् । 

""

वडा अध्यक्ष बाँनियाले आफ्नो हजुरबुबा स्व. चेतसिंह बाँनिया र बुबा स्व. वीरेन्द्रबहादुर बाँनियाको स्मृतिमा एम्बुलेन्स खरिद गरि दिन लागेको अध्यक्ष बाँनियाले बताएका छन् । नेपाल प्रहरी संग सहकार्य गर्दै मानवीय सेवा पुग्ने हुनाले राजनीति पेशा होईन सामाजिक सेवा हो भनेर एम्बुलेन्स दिन लागेको अध्यक्ष बाँनियाले बताए । 

""

कार्यक्रममा हालै सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्र्ट स्वागत गरीएको थियो भने हालै महानगरीय अपराध महाशाखामा सरुवा भएका मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहलाई विदाई पनि गरीएको छ ।

""
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*