कुकुर खोज्न हवाईजहाज बुकिङ, फेला पारेर बुझाइदिनेलाई लाखौँ पुरस्कार

हेटौडा न्युज
८ पुष २०७६, मंगलवार १८:२९
;

 यदि मानिसलाई कुनै चिज मन पर्यो भने त्यसका लागि जे पनि गर्न तयार हुन्छ । विभिन्न जनावरहरुप्रति पनि मानिसहरुको निकै लगाव भएको देखिन्छ । मानिस र जनावरहरुबीचको मित्रताबारे तपाईंले कैयन् कथाहरु सुन्नुभएकै होला । अमेरिकाको सनफ्रान्सिस्कोमा हालै एउटा यस्तै घटना सार्वजनिक भएको छ ।

त्यहाँ एकजना महिलाले आफ्नो हराएको कुकुर खोज्न हवाईजहाज नै भाडामा लिएकी छिन् ।

उनको कुकुर एउटा किराना पसलबाट हराएको थियो । कुकुर खोज्नका लागि उनले धेरै प्रयास गरिन् तर अहिलेसम्म पनि फेला परेको छैन ।

एमिली नामकी महिलाले पालेको नीलो आँखा भएको ज्याक्सन नामको अस्ट्रेलियन शेर्फड नामको कुकुर गत डिसेम्बर १५ का दिन हराएको थियो ।
यताउता कतै खोज्दा पनि कुकुर नभेटिएपछि एमिलीको परिवारले १९ डिसेम्बरमा झण्डै सबा लाख रुपैयाँ बराबरको रकम तिरेर हवाईजहाज नै भाडामा लिए । १० डिसेम्बरका दिन उक्त जहाज सनफ्रान्सिस्को र अकल्याण्डको आकाशमा उडाएर सहरका गल्ली(गल्लीमा कतै कुकुर देखिन्छ कि भनेर खोजे । तर कुकुर भेटिएन ।

उनीहरु यत्तिमा मात्र रोकिएनन् । हराएको कुकुर खोज्नका लागि www.bringjacksonhome.com  नामक वेबसाइट नै तयार गरे र त्यसमा हराएको कुकुरबारे सबै जानकारी दिँदै कुकुर फेला पारेर बुझाइदिनेलाई लाखौँ पुरस्कारको घोषणा गरे । आफ्नो कुकुर फेला परिदिनेलाई ७ हजार डलर पुरस्कार दिने उनको घोषणा छ ।

उक्त कुकुरको तौलो १३ किलो छ भने कुकुर कालो, सेतो र खैरो रङका मिश्रति भुत्ला भएको छ । सो कुकुरको टिन्डर अकाउन्ट पनि रहेको छ । स्रोत : एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*