गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्छ : मन्त्री पोखरेल
संघीयतामा शिक्षा स्थानीय तहका राम्रा अभ्यास, अवसर र चुनौती विषयको अन्तर्क्रियामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताएका छन् ।
विद्यालय शिक्षाको स्वामित्व स्थानीय सरकारलाई दिएर प्रदेश र संघीय सरकारले सहयोग गरेपछि मात्रै गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन सकिने पोखरेलले बताए ।
कीर्तिपूर नगरपालिकाका मेयर रमेश महर्जनले स्थानीय तहले हस्तक्षेप गरी विद्यालय व्यवस्थापन समिति गठन गरेपछि कुनै विकृति आएको भए त्यसको जिम्मेवारी आफूले लिने बताए ।
शिक्षाविद विद्यानाथ कोइरालाले प्रदेश सरकारले स्थानीय तहलाई अधिनस्त राख्न खोजेका कारण गुणस्तरीय शिक्षाको प्रत्याभूत गर्न नसकिएको बताए ।
शिक्षा पत्रकार समूहले कार्यक्रम आयोजनामा अन्तरक्रिया भएको कार्याक्रममा उनले स्थानीय सरकार स्वयत्त सरकार हो भन्ने कुरा प्रदेश र संघले नबुझेसम्म यो समस्याको समाधान नहुने उनले बताए ।