डलर साट्ने बहानामा लाखौंको ठगी 

हेटौडा न्युज
१० पुष २०७६, बिहीबार २०:०१
;

डलर साट्ने बहानामा अपरिचित व्यक्तिहरुले १५ लाख रुपैयाँ ठगी गरी फरार भएका छन् ।

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ६ बाट नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई जना व्यक्तिहरुले डलर साट्ने बहानामा उनको साथबाट उक्त नगद लिई फरार भएका हुन् । 

धुलिखेल अस्पतालको नर्सिङ होस्टेल पछाडिबाट ती व्यक्तिहरुले बुधबार रुकुम मुसिकोट नगरपालिका वडा नम्बर २ खलङ्गाका ३० वर्षीय पुरूषको साथबाट उक्त नगद ठगी गरी फरार भएको प्रहरीले जनाएको छ ।

फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक रवि पौडेलले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*