अर्थ समिति बैठकः सांसदहरुको गणपुरक नै पुगेन, बैठक स्थगित

हेटौडा न्युज
१० पुष २०७६, बिहीबार २१:३७
;

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । आज बिहीबार बिहान ११ बजेका लागि संघीय संसद सचिवालय सिंहदरबारमा बैठक बालाइएको थियो ।

निर्धारीत समयसम्ममा बैठकमा सांसदहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो । बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल लगायतका केही सदस्‍यको उपस्थिती रहेपनि करिब एक घण्टासम्म अन्य सदस्यहरु नआएपछि बैठक स्थगित गरिएको हो।

समितिको बैठकमा चालु आर्थिक वर्षको चौमासिक समिक्षा, राजश्व परिचालन, बजेट कार्यान्वयन र पूँजिगत खर्चको प्रवृति लगायतका विषयमा विज्ञहरुसँग छलफल गर्ने कार्यसूचि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*