दाह्री भएको पुरुष प्रति किन आकर्षित हुन्छन् महिला ?

हेटौडा न्युज
११ पुष २०७६, शुक्रबार २०:५०
;

आजभोली महिलाहरु दाह्री भएको पुरुषप्रति धेरै नै आकर्षित हुन थालेको अध्ययनमा बताइएको छ । फेशनको साथ साथै अब रिलेशनशिप ट्रेन्डमा पनि परिवर्तन हुँदै गइरहेको छ र महिलाहरु क्लिन सेभको साटो दाह्री भएका पुरुष तर्फ बढि आकर्षित हुने गरेको छन् । र उनीहरुलाई रिलेशनको लागि राम्रो मान्न थालेकी छिन् ।  

प्राय दाह्री भएको पुरुष प्रति आकर्षित किनः पुरुषलाई दाह्री पुरै सफा तरिकाले काटेर बस्न मन पर्छ र उनलाई लाग्छ की केटिहरु पनि क्लिन सेव भएका केटाप्रति आकर्षित हुन्छिन् । तर, अबको समयमा केहि परिवर्तन आउन थालेको छ । हालै लाइफस्टाइललाई लिएर गरिएको एक अध्ययनमा केटि र महिलालाई अब क्लिन सेव गर्ने केटा भन्दा दाह्री भएको पुरुष प्रति बढी आर्क्र्षित हुने गरेको खुलासा भएको छ ।

रिलेशनशिपका लागि राम्रो  यो नयाँ अध्ययनमा जुन पुरुषको दाह्री हुन्छ उनी लामो समयसम्म सम्बन्ध निभाउँछन् भन्ने खुलाएको छ । अध्ययनका अनुसार त्यस्ता पुरुष जो आफ्नो दाह्रीलाई सहि तरिकाले सम्बन्ध चलाउने गर्छन् उनीहरुले लामो समयसम्म सम्बन्ध निभाउँछन् । 

महिला र केटीहरु पनि आफ्नो सम्बन्धलाई लिएर त्यस्ता केटा र पुरुषमाथि बढि विश्वास गर्छन जसको राम्रो व्यक्तित्व हुनुका साथै दाह्री राम्रो हुन्छ । 

पछिल्लो केही समयमा ट्रेन्डमा आएको परिवर्तनमा ध्यान दिने हो भने धेरै संख्यामा पुरुषहरुले दाढी राख्न थालेका छन् र उनलाई दाढी राख्न पनि मन पर्छ । 

८ हजार ड ५०० महिलामाथि यो अध्ययन गरिएको थियो । केहि यस्ता पुरुषको फोटो राखिएको थियो जसको दाढि काटिएको ६ दिन भइसकेको थियो भने केहिको १० दिन वितिसकेको थियो । यसका साथै केहि पुरुषको फोटो दाह्री काटेको ४ हप्ता पछिको थियो । अध्ययनमा सहभागि केटि र महिलालाई फोटो हेरेर बोईफ्रेन्ड छनौट गर्नका लागि भनियो अनि सबै महिलाले दाह्री भएको पुरुषलाई मन पराए । महिलाले  दाह्री भएको पुरुषमाथि धेरै विश्वास गर्ने गरेको अध्ययनमा भनिएको छ । महिलाले दाह्र्री भएको पुरुषलाई विवाह गर्न योग्य ठानेको छन् । यसका साथ साथै हल्का दाह्रीबाला पुरुषलाई महिलाले पुरै दाह्री र क्लिनसेव पुरुषको तुलनामा बढि आकर्षित माने भन्ने पनि अध्ययनमा भनिएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*