नक्कली बिल पेश गरि भ्रष्टचार गरेको आरोपमा विष्ट विरुद्ध अदालतमा मुद्दा
नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको आरोपमा मिनबहादुर विष्टविरुद्ध काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका हात्तीपाइले कार्यक्रमका संचालक सि.अ.हे.व. विष्टउपर २ लाख ३४ हजार बिगो काय गरी कैद र बिगो बमोजिमको जरिवाना गर्न माग गर्दै शुक्रवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, पाल्पामा नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका हात्तीपाइले कार्यक्रमका संचालक सि.अ.हे.व. मिनबहादुर विष्टले गाडी भाडावापत दुई लाख चौतीस हजार हिनामिना गरेको देखिन आएको अख्तियारले जनाएको छ ।
विष्टको उक्त कार्यबाट नेपाल सरकारलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० र दफा ८ को उपदफा ९१० को खण्ड ९ङ० बमोजिमको कसुर गरेको देखिएको अख्तियारले जनाएको छ