जिसस मकवानपुरको भ्रमण वर्ष लक्षित कार्यक्रम, होडिङ्ग बोर्ड देखि पुस्तक विमोचन सम्म
जिल्ला समन्वय समिति मकवानपुरले जिल्ला भित्र रहेको पर्यटकीय गन्तब्य र पर्यटन वर्षको तयारीको विषयमा जानकारी दिएको छ ।
भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिसस मकवानपुरले आज शुक्रबार पत्रकार सम्मेलन मार्फत जिल्लाका पर्यटकीय गन्तब्य र पर्यटन वर्षको कार्यक्रमहरुको बारे जानकारी दिइएको हो ।
समितिका प्रमुख रघुनाथ खुलालले नोपल सरकारले सन २०२० लाई भ्रमण वर्षको अवसरमा जिल्ला तहमा हुने कार्यक्रमबारे जानकारी दिएका हुन् ।
उनका अनुसार भ्रमण वर्ष लक्षित राष्ट्रिय, प्रादेशीक र स्थानिय स्तरमा विभिन्न कार्यक्रम गर्ने योजना अनुसार मकवानपुरले पनि पर्यटन वर्षलाई भब्य रुपमा स्वागत गर्ने भन्दै विभिन्न स्थानमा पर्यटकको लागि स्वागत ब्यानर, गेट, पर्यटन क्षेत्रको जानकारी दिने ब्रोसर, तस्बिरहरु प्रकाशन गर्ने कार्यक्रम तय गरीएको बताएका छन् ।
भ्रमण वर्ष लक्षित गरी पर्यटकको स्वागतका लागि हेटौंडा उपमहानगरपालिकाको बुद्धचोक, सहिद स्मारकमा होर्डिङबोड राख्ने, मनहरी गाउँपालिकाले लोथरमा, थाहा नगरपालिकाले टिस्टुङमा, इन्द्रसरोवरले हुमाने र वागमती गाउँपालिकलो झुरझुरेमा होर्डिङ बोर्ड राख्ने पत्रकार सम्मेलनमा बताइएको छ ।
यस्तै माघ १० गते मकवानपुरगढीमा विजयत्सोव मनाउने, सहित स्मारमा माघ १० गते देखि १६ गते सम्म सहिद सप्ताह मनाउने, मकवानपु पथ–प्रर्दशक पुस्तिका विमोचन, हेटौंडा राइडर्स क्लब्ले अफरोड च्याम्पियनशिप प्रतियोगिता गर्ने, इन्दसरोवरको कुलेखानी ताल माथि प्यालाग्याइडिङ गर्ने लगायतका कार्यक्रमहरु रहेको प्रमुख खुलालले बताएका छन् ।