विराटनगर पुगे सातै प्रदेशका गुहमन्त्रीहरु

हेटौडा न्युज
१२ पुष २०७६, शनिबार १८:५४
;

संघीय प्रहरी कानून निर्माण र सुरक्षा संवेदनशिलताका विषयमा सात वटै प्रदेशका गृहमन्त्री सम्मिलित बैठक विराटनगरमा सुरु भएको छ ।  प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको अगुवाईमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री, सचिव र मुख्य न्यायधिवक्ताका बीचमा छलफल हुन लागेको हो । 

शनिबार विराटनगरमा आयोजित बैठकमा सहभागी बन्न सातै प्रदेशका मन्त्री, सचिव र न्यायाधिवक्ता शुक्रबारनै विराटनगर आएका थिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितमा शनिबार विहानबाट छलफल सुरु भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले छलफलमा हालसम्म बनाइएका कानून, तिनको कार्यान्वयन र अनुभव आदान प्रदान हुने उद्धघाटन कार्यक्रममा बताए । उनका अनुसार संघीय संसदले पारित गरेको संघीय प्रहरी कानूनका विषयमा पनि छलफल हुनेछ।

शनिबारको छलफल सबै प्रदेशमा संघीय प्रहरी कानुन नबाझिने गरी कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहने बताइएको छ । यस अघि प्रदेश २ सरकारले बनाएको प्रदेश प्रहरी सम्बन्धी कानुन संघीय प्रहरी ऐन नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन। 

प्रदेश ५ ले बनाएको संघ संस्था दर्ता सम्बन्धी कानून संघीय गृहमन्त्रायको निर्देशनपछि लागू नहुने अवस्थामा पुगेको थियो। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*