लाइसेन्स परीक्षाः ५ सय ३१ जना मध्ये १८७ जना उतिर्ण

हेटौडा न्युज
१२ पुष २०७६, शनिबार २१:४४
;

यातायात व्यवस्था सेवा कार्यालय हेटौंडामा आज शनिबार भएको सवारी चालक अनुमती पत्र (लाइसेन्स) परीक्षामा १८७ जना उतिर्ण भएका छन् । 

गत मंगलबार र बिहिबार भएको लिखित परिक्षा पास गर्ने ५ सय ३१ जना मध्ये आज ५१० जना उपस्थित भएका थिए । बाँकी २१ जना भने अनुपस्थित रहेका थिए ।

६० जना सामेल भएका अटोको प्रयोगात्मक परीक्षामा २१ जना उर्तिण भएको यातायात व्यवस्था कार्यालय हेटौंडाका प्रमुख पोषण थापाले बताएका छन् ।

त्यस्तै स्कुटर तर्फ ७३ जना मध्ये २१ जना, मोटरसाइकल तर्फ ३९८ जना मध्ये १४५ जना उतिर्ण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरी बिष्णु ढकालले बताएका छन् ।
 

यसमा तपाइको मत

Your email address will not be published.


*