नेकपा सचिवालय निर्णय : प्रदेश ३ को राजधानी हेटौंडा, नाम बागमती

हेटौडा न्युज
१३ पुष २०७६, आईतवार १८:३६
;

सत्तारुढ दल नेकपाले प्रदेश ३ को राजधानी हेटौंडा र नाम ’बागमती’ राख्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामसँगै स्थायी राजधानी अहिलेको अस्थायी राजधानी हेटौडालाई नै बनाउने निर्णय गरेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  नेकपा सचिवालय बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*