लागुऔषध सहित २ जना पक्राउ

हेटौडा न्युज
१३ पुष २०७६, आईतवार १९:०२
;

लागूऔषध पोलेण्ड ६ सय ९९ दशमलव ८० ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई शनिबार साँझ बुढानिलकण्ठ नगरपालिका-१० कपन साततलेबाट पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरूमा दोलखा घर भएका उर्गेन शेर्पा र डोटी सिलगढी नगरपालिका-४ घर भएका २५ वर्षीय बिबेक श्रेष्ठ रहेका छन् । यस विषयमा थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*