रिहा भए माओवादीका नेता गजुरेल

हेटौडा न्युज
१४ पुष २०७६, सोमबार १९:५६
;

आइतबार प्रहरीद्वारा नियन्त्रणमा लिइएका नेकपा क्रान्तिकार माओवादीका नेता सिपी गजुरेललाई एक रात हिरासतमा राखेर सोमबार रिहा गरेको छ । 

भारतले सीमा मिचेको सन्भर्दमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउनका लागि सिंहदरवारतर्फ जान लाग्दा प्रहरीद्वारा नियन्त्रणमा लिइएका गजुरेल आज सोमबार बिहान रिहा भएका हुन् ।

गजुरेलसँगै प्रहरीले नियन्त्रणमा लिएका अन्य १५ जना पनि रिहा गरेका छन् । 

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भारतले मिचेका सीमा क्षेत्रको विषयमा ज्ञापन पत्र बुझाउनका लागि समय लिएर जान लागेको भएपनि आफूलाई नियन्त्रणमा लिएको भन्दै गजुरेलले आपत्ति जनाए ।

आफूले उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री रामबहादुर थापा ९बादल०लाई ज्ञापन पत्र बुझाउन लागेको विषयमा पूर्व जानकारी गराएको भएपनि नियोजित रुपमा नियन्त्रणमा लिने काम भएको गजुरेलले आरोप लगाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*