१५ हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

हेटौडा न्युज
१४ पुष २०७६, सोमबार २१:१५
;

वीरगञ्जमा महानगरपालिकाका कम्प्युटर अपरेटरलाई १५ हजार घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार अनुसन्धान आयोगले महानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर राकेश कुमार जैशवाललाई १५ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।

सोमबार हेटौंडाबाट खटिएको टोलीले महानगरमा छापा मारेको थियो। महानगरमा कुनै काम गराउन पैसा मागेको भन्ने सूचनाका आधारमा आयोगले छापा मारेको हो। थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*