शिक्षक तालिमको लगानी र उपलब्धीबीच ठूलो अन्तर छः मन्त्री दुलाल

हेटौडा न्युज
१४ पुष २०७६, सोमबार २२:४५
;

शिक्षकहरुका लागि भइरहेका तालिम कार्यक्रमहरुको उपलब्धी सोचेअनुरुप नभएको प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।

सोमबार हेटौंडामा भएको एक कार्यशालामा बोल्दै मन्त्री दुलालले विज्ञहरुको टोलीले तयार पारेको प्रतिवेदनले देखाएअनुसार शिक्षकहरुका तालिमका लागि भइरहेका लगानी र उपलब्धीबीच ठूलो अन्तर रहेको बताएका हुन् ।

अध्ययनले देखाउन खोजेको यथार्तलाई विद्यालय स्तरका परीक्षामा विद्यार्थीहरुले प्राप्त गरिरहेका नतिजाहरुले पनि पुष्टी गरिरहेको भन्दै मन्त्री दुलालले अध्ययनले देखाएको सत्यतालाई आत्मसात गरेर आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा नयाँ तरिकाले धारणा बनाउनुपर्ने बताएका छन् । ।

विगतमा शिक्षक तालिम संचालन गर्दा भएका कमीकमजोरीहरु अध्ययनले देखाएर सबैलाई छर्लङ्ग पारेको भन्दै नीति निर्माताहरुले यसलाई आत्मासात गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनका अनुसार केही स्तरीय र राम्रा तालिमहरु हुने गरेका भएपनि अधिकांश औपचारिक हुने गरेकोले समस्या भएको बताएका हुन् ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतले अध्ययनगर्दा निजी र सामुदायिक विद्यालयहरु तथा ठूला र साना एवं विकटका र निकटका सबैलाई समेट्नुपर्नेमा जोड दिएका छन् । आयोगकी सदस्य डाक्टर यमुना कडेलले अध्ययनले समेटेका बिषयवस्तुहरु राम्रा भएको तर विद्यार्थीले प्राप्त गरेका खाजा र त्यसको पोषणको अवस्ता तथा स्तरीयताका बारेमा समेत अध्ययन स्पस्ट हुनुपर्नेमा बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*