बक्यौता रकम भुक्तानीको माग गर्दै प्रदेशसभा घेराउ
उपभोक्ता समितिका सदस्यहरुले गत आर्थिक वर्षको बाँकी बक्यौता रकम भुक्तानीको माग गर्दै प्रदेश नम्बर २ को प्रदेशसभा घेराउ गरेका छन् ।
प्रदेश सरकारले गत आर्थिक वर्षमा गराएका कामहरुको बक्यौता रकम भुक्तानीको माग गर्दै उपभोक्ता समितिका सदस्यहरुले प्रदेशसभा घेराउ गरेका हुन् ।
गत आर्थिक वर्ष आर्थिक मामिला तथा योजना मन्त्रालयबाट ८७ करोडको योजनाहरु बाँडिएको थियो । सोही योजनाहरु उपभोक्ता समिति सम्पन्न गरीएको तर हालसम्म काम गरेको रकम भुक्तानी नभएका कारण सभा घेराउ गरिएको समितिका सदस्यहरुको भनाइ छ ।
आठ सय भन्दा बढ़ी फाइलहरुको भुक्तानी विकास मन्त्रालयमा बाँकी रहेको छ ।