कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १७ गते, बैठक बहिस्कार गर्ने पौडेल पक्षकोे चेतावनी

आगामी पुस १७ गतेका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।
माघ ९ गते हने राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्नका लागि कांग्रेसले पुस १७ गते दिउँसो २ बजेका लागि बैठक बोलाएको छ ।
यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा बहुमतका आधारमा महाधिवेशन लगायतको निर्णय गरेको भन्दै पौडेल पक्ष आक्रोशित छन् ।