नक्कली लाइसेन्स बनाउने ४ जना प्रहरीकोे नियन्त्रणमा 

हेटौडा न्युज
१६ पुष २०७६, बुधबार १९:२१
;

नक्कली सवारी चालक अनुमती पत्र बनाउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले यही १५ गते काठमाण्डौ महानगरपालिका–२२ न्युरोड पिपलबोटमा रहेको फोटो कन्सर्नसमा खानतलासी गर्दा नक्कली स्मार्ट कार्ड र अन्य परिचयपत्र बनाउने चावहील बस्ने अनन्ता गुरूङ, लाजिम्पाट बस्ने कुमार तण्डुकार, अनामनगर बस्ने अशोक कार्की र कोटेश्वर बस्ने मोहन यादवलाई नियन्त्रणमा लिएको हो ।

स्टुडियोमा उनीहरुले सक्कली जस्तै देखिने नक्कली लाइसेन्स प्रिन्ट गर्दै आएको प्रहरील जनाएको छ । महानगरीय अपराध महाशाखा टेकु र ट्राफिक महाशाखा रामशाहपथबाट खटिएको प्रहरी टोलीले फोटो नक्कली कार्ड बनाउन आउने कुलेश्वरका सुवास रोक्का र सर्लाहीका दिपक ब्लोन समेतलाई पक्राउ गरेको छ ।  

यसमा तपाइको मत

Your email address will not be published.


*