राष्ट्रिय मारवाडी युवा दिवसको अवसरमा मारवाडी युवा मंच हेटौंडाद्वारा सहयोग

हेटौडा न्युज
१८ पुष २०७६, शुक्रबार १९:२४
;

नवौं राष्ट्रिय मारवाडी युवा दिवसको अवसरमा मारवाडी युवा मंच हेटौंडाले शान्ती बहिरा तथा सुस्त श्रवण आवासिय आधारभुत  विद्यालयका विद्यार्थिहरुलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ ।

दिवसको अवसरमा मंचले हेटौंडा उपमहानगरपालिका–६ स्थित विधालयका ३६ जना विद्यार्थीहरुका लागि खाद्यान्न सामग्री तथा न्यानो कपडा वितरण गरेको हो ।

मंचले हरेक वर्षको जनवरी  ३  तारीकका दिन युवा दिवस मनाउदै आएको छ । मंचले दिवसको अवसरमा शुक्रबार हेटौंडाको उक्त विद्यालयमा ३० थान कम्बल, ३६ थान टोपी, ३ बोरा चामल, १० केजी दाल,१ कार्टुन तेल, ४ दर्जन बिस्कुट, १ बोरा चिउरा, १ बोरा आलु, २ केजी प्याज, २ प्याकेट नुन र २ प्याकेट बेसार लगायतका सामाग्री वितरण गरेको छ ।

मंचका अध्यक्ष राहुल जालानको अध्यक्षता तथा मारवाडी एसोसिएसन हेटौंडाका अध्यक्ष रामऔतार जालानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, मकवानपुरका डिएसपी यज्ञ प्रसाद भट्टराई, कृष्ण कुमार गुप्ता अग्रवाल, मकवानपुर बहिरा संघ अध्यक्ष संतोष पौडेल, राष्ट्रिय अपांगमहासंघ केन्द्रीय सदस्य कृष्ण गजुरेल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रिय सदस्य चिराग अग्रवाल, अजय अग्रवाललगायतको उपस्थितीरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*