पुरूषको तुलनामा महिलाको दिमाग किन धेरै चल्छ ?

हेटौडा न्युज
२० पुष २०७६, आईतवार १६:५५
;

एक अध्ययनमा भनिएको छ पुरूषहरूको तुलनामा महिलाको दिमाग धेरै चल्छ । महिलाको मस्तिष्क पुरुषहरूको तुलनामा तीब्र गतिमा चल्ने विभिन्न अनुसन्धानहरूले दावी गरेको छ ।

अनुसन्धानका अनुसार महिलाहरूको उमेर भएको पुरुषको मस्तिष्कको तुलना गरेर हेर्दा महिलाको मस्तिष्कको उमेर पुरुषको भन्दा तीन वर्ष कम हुने पाइएको छ । महिलाको मस्तिष्क पुरुषको तुलनामा लामो समयसम्म तीब्र गतिले चल्ने ‘प्रोसेडिङस अफ नेसनल एकेडमी अफ साइन्सेज’ मा उल्लेख गरिएको छ ।

२० देखि ८४ वर्षका १ सय २१ महिला र ८४ पुरुषहरूको सहभागी गराएर वैज्ञानिकहरूले गरेको अध्ययनमा सबैको मस्तिष्कमा ग्लुकोज र अक्सिजनको प्रवाह नाप्नका लागि ‘पीईटी स्क्यान’ गरिएको थियो । ‘पीईटी स्क्यान’ले मस्तिष्कमा हुने मेटाबोलिज्मसम्बन्धी क्रियाकालापले महिला र पुरुषको उमेर बढ्दा मस्तिष्कको अन्तर बुझ्न सघाउने गर्दछ ।

मानिसको मस्तिष्क अक्सिजन र ग्लुकोजले चल्ने भएको कारणले मस्तिष्कले ग्लुकोजको उपयोग कसरी गर्छ भन्ने कुरा मानिसको उमेर बढेसँगै परिवर्तन हुँदै जान्छ । उक्त अध्ययनमा संलग्नहरू भएका मानिसहरुको उमेर र मस्तिष्कको क्रियाकालापबीच सम्बन्ध पत्ता लगाउनका लागि मेसिनमा पुरुषको उमेर र मस्तिष्क क्रिया र महिलाको उमेर नहाली मस्तिष्कको मेटाबोलिज्मको तथ्यांकलाई मात्र हालेर मेसिनले महिलाको मस्तिष्कको उमेर पत्ता लगाएको थियो ।

पुरुषको मस्तिष्कको आयु वास्तविक उमेरको तुलनामा २.४ वर्ष बढी भएको र महिलाको वास्तविक उमेरभन्दा उनीहरूको मस्तिष्कको आयु ३.८ वर्ष कम हुने अध्ययनको निष्कर्ष रहेको छ । शारीरिक बल, तर्क र परीक्षणजस्ता कुरामा पुरुष अगाडि हुने भए पनि सीप, सिर्जना, मान्छे छिटै चिन्ने, नयाँ ठाउँमा छिटै घुलमेल हुन सक्ने कुरामा महिला अगाडि हुने गर्छ । पुरुषको मस्तिष्कले धेरै प्रकारको काम एकैचोटी गर्ने क्षमता राख्दैन तर, महिलाले एकैपटक ३ देखि ४ प्रकारको काम गर्न सक्ने अनुसन्धानमा देखिएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*