समाजवादी पार्टीले तय गर्‍यो राष्ट्रियसभाको उम्मेदवारको नाम

हेटौडा न्युज
२० पुष २०७६, आईतवार १७:४२
;

राष्ट्रियसभा निर्वाचनका लागि समाजवादी पार्टीले उम्मेदवारको नाम तय गरेको छ ।

उम्मेदवारी मनोनयनको दिन आज आइतबार पार्टीले नाम टुंगो लगाएको हो । पार्टीका प्रचार विभागका अनुसार प्रदेश १ मा भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुन,  प्रदेश २ मा रामप्रित पासवना र अनिरुद्रसिंह यादव तथा प्रदेश ५ मा कृष्णप्रसाद यादव उम्मेदवार रहने भएका छन् ।

समाजवादीले राष्ट्रियसभामा निर्वाचनमा प्रदेश २ मा नेपाली कांग्रेससँग तालमेल गरेको छ । त्यहाँ नेकपा र राजपाबीच पनि चुनावी गठबन्धन छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*