कीर्तिपुरस्थित त्रिवि हाताभित्र रहेको प्रहरी चौकी हटाइने
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताभित्र रहेको प्रहरी चौकी हटाइने भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय र नेविसंघबीच भएको वार्ताबाट प्रहरी चौकी हटाउने सहमति भएको हो ।
लामो समयदेखि विद्यार्थीले शैक्षिक संस्थामा प्रहरी चौकी राख्न नहुने भन्दै नेपाल विद्यार्थी संघले निरन्तर आन्दोलन गर्दै आएको कारण तत्काल हटाउने निर्णय गरेको हो ।
सहमति पत्रमा निर्देशनालयका कार्यकारी निर्देशन गंगाबहादुर थापा मगर र नेविसंघका त्रिवि समिति सचिव योगन्द्र रावलले हस्ताक्षर गरेका छन् ।
यस्तै स्ववियु निर्वाचनको मिति एक हप्ताभित्र र र कार्यतालिका एक महिना अगावै सार्वजनिक गर्ने, त्रिविमा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव नगर्नेलगायत सहमति पनि भएका छन् ।
यस्तो छ सहमति पत्र –