प्रगतिशील वन प्रविधिक संघको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा घिमिरे चयन

हेटौडा न्युज
२० पुष २०७६, आईतवार २१:११
;

प्रगतिशील वन प्रविधिक संघ, प्रदेश नं. १ को प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । प्रगतिशिल विचारधारा भएका वन प्राविधिकहरुका भेला धरान १९ सुनसरी स्थित हरीयाली सािमुदायिक वन उपभोक्ता समुहको सभाहलमा सम्पन्न भएको हो ।
भेलामा प्रदेश नं १ मा कार्यरत तथा प्रदेश नं १ मा स्थायी घर भएका वन प्राविधिकहरुको सहभागिता रहेको थियो ।

""

नेपाल वन प्राविधिक संघका उपाध्यक्ष श्री प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं १ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका मन्त्री जगदिश प्रसाद कुसियतको प्रमुख आतिथ्यता तथा प्रदेश वन निर्देशनालय धरानका का.मु प्रदेश वन निर्देशक रविन्द्र्र महर्जनको विशेष आतिथ्यता रहेको थियो ।

"" 
कार्यक्रमका प्रमुख अतिथि वन मन्त्री कुसियतले वनको दिगो व्यवस्थापन र जडिबुटी तथा बहुमुल्य काठहरुको पहिचान गरी वन प्राविधिकको तर्फबाट प्राविधिक सहयोग गर्नमा कुनै कमि नहुने गरी लागि पर्न र एकताको सन्देश दिने गरी भेला सम्पन्न गर्नका लागि शुभकामना समेत दिनुभएको छ ।

वन प्राविधिकको हकहितमा काम गर्ने प्रगतिशिल वन प्राविधिक संघले प्रदेशबाट निर्माण हुने वन ऐनका सवालमा समेत सकारात्मक राय सुझाव दिनेमा आफु विश्वस्त रहेको समेत बताउनु भयो । कार्यक्रमका सहभागिहरुलाई मन्त्री कुसियतले हरियो वन नेपालको धनभन्ने नारालाई आत्मसातथ गर्दै वनको विकास र पर्यापर्यटनका सम्भावना बोकेका क्षेत्रमा पर्यापर्यटन विकासमा जोड दिन र भ्रमण वर्ष सफल पार्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा एँब्ल् प्रदेश नं ३ का महासचिव उत्तम चापागाईले सव डिभिजनमा कार्यरत सव डिभिजन प्रमुखहरुलाई समेत अधिकार दिने गरी ऐन नियम बनाउनु पर्नेमा जोड दिनुभयो । भेलाले विष्णुलाल घिमिरेको अध्यक्षतामा ११ सदस्यीयप्रदेश समिति समेत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा संजीव ढकाल, महासचिवमा ज्ञानकुमार लामा, कोषाध्यक्षमा रामदेव चौधरी र सदस्यहरूमा सुरज निरौला, नविन राजदहाल, श्री नारायण यादव, अशोक पराजुली, शिव बुढाथोकी, वृन्द नारायण झा र फुल कुमारी भोटे लगायत सर्व सम्मत चयन भएका छन् ।

भेलाले श्री प्रसाद बराल, ईन्द्रमणि भण्डारी, दानबहादुर श्रेष्ठ, ओमनाथ भट्टराई, शम्भु तामाङ, सरोज घिमिरे ,अन्जना पुरी, जमान सिंमोक्तान, गणेश तिवारी, खिल प्रसाद शर्मा कट्टेल लगायतलाई केन्द्र प्रतिनिधिको रुपमा चयन गरेको छ ।

कार्यक्रममा बोल्नु हुदै नवनिर्वाचित अध्यक्ष विष्णुलाल घिमिरेले वन प्राविधिकको हकहितमा काम गर्न आफु निरन्तर लागि पर्ने र विद्यार्थी जिवन देखिको संघर्षलाई मनन् गर्दै प्रदेश तथा केन्द्रमा दबाब तथा पहल गरीरहने बताउनु भएको छ ।  

निर्वाचित भए पश्चात वन, वनस्पति , वातावरण, जैविक विविधता तथा जलाधा र क्षेत्रमा पेशागत योगदान गर्न ६ बुदे प्रतिबद्धता माहस्ताक्षर गर्दै प्रतिवद्धता सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*