प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दै, मुख्य एजेन्डा नाम र राजधानी
प्रदेश ३ को बैठक आज दिउँसो बस्ने बस्दैछ । आर्थिक वर्ष ०७६/७७ को बजेट पारित गर्दै गत भदौ २४ बाट स्थगित बैठक सोमबार दिउँसो ३ बजे बस्न लागेको हो ।
प्रदेश ३ को प्रदेशसभा सचिवालयले बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र त्यसले एजेन्डाहरू तय गर्ने जनाएको छ ।
पहिलो बैठकमै प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव दर्ता हुने भएको छ । दर्ता भएका प्रस्तावमाथि मतदान प्रक्रियाबाट भदौ २२ गते निर्णय हुने जनाईएको छ ।
बैठकमा स्थायी राजधानी र नामाकरणको टुंगो लगाउने तयारीमा प्रदेशसभा सचिवालयले तयारी गरिसकेको सभामुख सानुकुमार श्रेष्ठले जनाएको छ ।