लागुऔषध चरेससहित एकजना पक्राउ
अवैध लागुऔषध चरेस सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौं आउँदै गरेको प्रदेश ३/०१/००५ ख ९५७३ नम्बरको यात्रुबाहक बस चेकजांच गर्ने क्रममा पर्सा जिल्ला छिपरमाई गाउँपालिका वडा नं ६ घर भएका ३४ बर्षीया शम्भु साहलाई लागू औषध चरेश सहित पक्राउ गरिएको हो ।
काठमाडौं चन्द्रागिरी नगरपालिका वडा न. २ नागढुंगा स्थित चेक प्वाइन्टमा चेक जाँचको क्रममा लागुऔषध चरेस सहित एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जनाएको छ ।
साहलाई आधा केजी चरेश सहित पक्राउ गरी लागु औषध ९नियन्त्रण० ऐन २०३३ बमोजिम थप अनुसन्धान भैइरहेको थानकोट प्रहरीले जनाएको छ ।