छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु, पाँच घाईते

हेटौडा न्युज
२२ पुष २०७६, मंगलवार १६:४५
;

स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । मलङ्गवा सडकअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको भारतीय नम्वरको स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको हो । 

दुर्घटनामा स्कारपियोमा सवार भारतीय नागरिक ४० वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको र घाइतेहरुको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

त्यस्तै, चितवनको रत्ननगरमारोकिराखेको ट्रकमा पछाडीबाट ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर ४ देबौलीमा गएराति सौराहाबाट टाँडीतर्फ आउँदै गरेको ना ३८ प ८३२८ नम्बरको मोटरसाइकल ना ५ ख ६४४५ नम्बरको रोकिराखेको ट्रकमा पछाडीबाट ठक्कर खाँदा ३० बर्षिय अजय चौधरीको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*