छिन्चु – जाजरकोट सडक खण्डमा बस दुर्घटना, १८ जना घाईते
सुर्खेतको छिन्चुबाट जाजरकोटको लागी छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।
भे १ख २५७३ नम्बरको फोर्स गाडी छिन्चु जाजरकोट सडक खण्डको सल्यानको बनगाड कुपिण्डे नगरपालिका-११ को बालुवा संग्रही नजिक सडकभन्दा १ सय ५० मिटर तल झरेको प्रहरीले जनाएको छ
दुर्घटनामा घाईते भएकाहरु मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा सुर्खेत भेरगंगा ननगरपालिका छिन्चुका वर्ष ३५का चालक प्रकाश शर्मा, सोही नगरपालिका ९ जहरेका ४९ वर्षीय शान्त कुमार तिरुवा, सशस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ का ३० वर्षीय होम पङ्गाली, सल्यान बनगाड कुपिण्डे नगरपालिका १ का १३ वर्षीय अनिश विश्वकर्मा, छेडागाड नगरपालिका ९ जाजरकोटका २१ वर्षीय भगवती उपाध्यक्ष गम्भीर घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि नेपालगन्ज लगिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । घाइते हुनेमा ६ महिला २ बच्चा १० जना पुरुष रहेका छन्।
यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।