अमेरिका र इरानबीच रहेका नेपालीको सुरक्षा गर्न राप्रपाको आग्रह
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यपूर्वका नेपालीको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेको छ । अमेरिका र इरानबीच भईरहेको विवादका बीच विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यस क्षेत्रमा रहेका नेपालीको हित र सुरक्षाका बारेमा अहिल्यैदेखि उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
अन्तर्राष्ट्रिय विश्व राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण गर्दै बिहीबार बसेको बैठकले सरकारलाई उक्त ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकमा विभागको भावी कार्यक्रमको खाकाका विषयमा समेत छलफल भएको राप्रपाले जनाएको छ।