सांसद बिडारीको प्रश्न : मान्छेहरू भीरबाट खस्दाखेरी मुसुमुसु हाँसेर बस्ने सरोकारवालाहरुलाई सात जुनीसम्म पाप लाग्छ कि लाग्दैन ?
राष्ट्रिय सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद् रामनारायण बिँडारीले बढ्दो सवारी दुर्घटना न्युनिकरणमा सरोकारवालाहरू निरीह देखिएको गुनासो गरेका छन् । २०७१ सालयता सवारी दुर्घटनामा परी १० हजार जनाले ज्यान गुमाएको बताउँदै यस्तो कुरालाई नजरअन्दाज गर्नेहरूलाई सात जुनीसम्म पाप लाग्ने बताएका छन्।
सांसद विडारीले बैठकमा बोल्दै भने सडकको सिद्धान्त के हो ? त्यो सिद्धान्तअनुसार सडक कसरी बनाउनुपर्छ ?
सडकका बडेमान–बडेमान खाल्डाहरू र डङ्ग्रङ–डङ्ग्रङ हुने गरी सडकबाट गर्लम्-गर्लम् मान्छेहरू भीरबाट खस्दाखेरी मुसुमुसु हाँसेर बस्ने हाम्रो देशका ब्यूरोक्र्याट्स, हाम्रा देशका इञ्जिनियरहरू, तिनीहरूलाई सात जुनीसम्म पाप लाग्छ कि लाग्दैन ?