बालुवा उत्खननको विरोध गरेपछि टिपरले किचेर दीलिपको हत्या     

हेटौडा न्युज
२५ पुष २०७६, शुक्रबार १९:३८
;

धनुसामा अवैध गिट्टी बालुवा उत्खननको विरोध गरेपछि एक युवकलाई टिपरले किचेर हत्या भएको छ । धनुषाको मिथिला नगरपालिकास्थित औरही खोलामा दोहनको विरोध गरेपछि स्थानीय युवक २४ वर्षीय दीलिपकुमार महतोलाई बिहान करिब ४ बजेदेखि ५ बजेको बीचमा खोलामा नै टिपरले किचेर हत्या गरेको प्रहरीले पुष्टी गरेको छ ।

शुक्रबार महतोले घर नजिकै रहेको खोलामा अवैध तरिकाले गिट्टी बालुवा उत्खनन भएको देखेपछि विरोध गरेका थिए । घरनजिकैको खोलामा उत्खनन भइरहेको देखेपछि विरोध गर्न पुगेका महतोलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको स्थानियले जनाएको छ ।

पहिलादेखि यस्तो विषयमा विरोध जनाउदैँ आएका दीलीपको क्रसर सञ्चालकले हत्या गराएको स्थानीयले आरोप लगाएका छन् । 

क्रसर उद्योगीहरुले मृतकका बुवालाई क्रसर उद्योगको विरोध नगर्न दिपकलाई सम्झाउनु भनेर बारम्बार दबाब दिएको परिवारका सदस्यले दाबी गरेका छन् ।

घटनाको प्रकृति र स्थानीका अनुसार जबर्जस्ती समाएर टिपर चालकले किचेर मारेको जस्तो देखिने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जनाएको छ । नियन्त्रणमा लिएका टिपर र चालकमाथि अनुसान्धनभईरहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याइएको छ ।

हत्यापछि आक्रोशित स्थानीयले विरोधमा चक्काजाम गर्नुका साथै टायर बालेर राजमार्ग अवरुद्ध गरेका छन् ।

आन्दोलनले चर्को रुप लिएपछि अवस्थालाई समान्य बनाउन १० राउण्ड अश्रु ग्यास प्रहार गरेको  प्रहरीले जनाएको छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*