सञ्जालमार्फत ‍ठगी गरेको आरोपमा पाँच जना पक्राउ

हेटौडा न्युज
२५ पुष २०७६, शुक्रबार २१:०६
;

सामाजिक सञ्जालमार्फत ‍ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) महाराजगञ्ज, काठमाण्डौले विदेशबाट पार्सल पठाएको भन्दै ठगी गर्ने नेपाली, नाइजेरियन र आइभोरी कोस्टका पाँच जनालाई पक्राउ गरेको हो । 

फेसबुक, ह्वाट्सएप, भाइबर, इमो र ट्विटरमार्फत बहुमूल्य सामान, गहना, पैसा जस्ता पार्सल पठाएको भन्दै ठगी गरेको अभियोगमा नाइजेरियाका ४० वर्षीय साइरिल चिनन्सो आइबे, आइभोरी कोस्टका २३ वर्षीय आसापे अज्दी, चितवन घर भएर खुसिबु बस्दै आएका ४० वर्षीय रामचन्द्र गैरेलाई पक्राउ गरेको हो । 

यस्तै, सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरुलाई साथी बनाइ पार्सलमा आएको सामान लिनको लागी बैंक खातामा पैसा जम्मा गर्न लगाउने गरेका ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र चितवन कालीनगर घर भएर बनस्थली बस्दै आएका ३१ वर्षीय हरि ओझा पक्राउ परेका छन् ।  

उनीहरुलाई काठमाण्डौको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितहरुको समस्या समाधानका लागी समेत आवश्यक पहल भइरहेको र सीआइबीले पक्राउ परेका सबैलाई ठगी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*