क्रसर उद्योगीको धम्की : आफ्नो छोरालाई सम्झाइहाल, कतिखेर (ज्यान) जान्छ थाहा छैन’
धनुषामा शुक्रबार हत्या गरिएको युवक दिलीपकुमार महतोलाई ज्यान लिने धम्की दिएको खुलासा भएको छ ।
शुक्रबार बिहान को मिथिला नगरपालिका–५ श्रीपुरमा मृत्यु भएका दिलिपलाई ज्यान लिने भनेर तीन दिनअघि मात्र क्रसर सञ्चालकले उनका बुवालाई आफ्नो छोरालाई सम्झाइहाल, कतिखेर (ज्यान) जान्छ थाहा छैन’ भनेर धम्की दिएको खुलासा भएको हो ।
गाउँमा पटक–पटक खोला उत्खनन बन्द गर्नुपर्ने चर्को आवाज उठाएका दिलिपकुमार महतो क्रसर उद्योगीको निशानामा परेका थिए ।
मृतकका बुवा रामजीवन महतोका अनुसार उनले ५ कठ्ठा जग्गा क्रसर उद्योगी पिविन महतोलाई भाडामा दिएका थिए, जहाँ चुरियामाई क्रसर उद्योग सञ्चालनमा गर्दै आईरहेका थिए र भाडाको रकम लिन जाँदा छोरालाई मार्ने धम्की दिएको उनले बताए ।