राजधानीका लागि प्रस्ताव दर्ता भोलि विहान ९ बजे, बैठक दिउँसो १ बजे हुने 

हेटौडा न्युज
२५ पुष २०७६, शुक्रबार २३:४२
;

प्रदेश ३ को राजधानी र नामाकरणका लागि भोलि विहान ९ बजेदेखि ११ बजे सम्मको समय तोकिएको छ । प्रदेश सभाको आज पनि सदस्यहरुले यस विषयमा धारणा राखेका थिए । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ को राजधानी र नामाकरणका लागि प्रस्ताव पेश गर्न भोलि विहान ९ बजे देखि ११ बजे सम्मको समय तोकेका छन् । आजको प्रदेश सभाको बैठक भर्खरै सकिएको छ । 
सत्तारुढ दल नेकपाको संसदीय दलको बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा प्रस्ताव गर्ने भन्दै आज विहान निर्णय गरिसकेको छ । प्रदेश ३ मा दुई तिहाई बहुमतका लागि ७४ मत आवश्यकता रहनेमा नेकपाको ८० मत रहेको छ ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*