सल्यानमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

हेटौडा न्युज
२६ पुष २०७६, शनिबार १८:२७
;

सल्यानमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको ना ४ ख ८८७० नम्बरको मालबाहक ट्रक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ गर्चेमा दुर्घटना  भएको हो । 

दुर्घटनामा परेर सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चु घर भएका ३५ वर्षीय रवीन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  ट्रक सडकबाट करिब एक सय मिटर तल खोलामा खसेको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भईरहेको सल्यानका प्रहरी प्रमुख नायव उपरीक्षक ढेकेन्द्र खतिवडाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*